मेरो दशै- जङ्गबहादुर

 -प्रविन कुमार मल्ल  



दशै हरेक बर्ष आउछ अनि जान्छ  

फरक मात्र यत्ति  कहिले कछुवाको चालमा 

आउछ  

कहिले चितुवाको बेग लिएर आउछ 

तर 

दुवैको चालमा फरक केही देखिन्न किनभने 

पुर्वले मन्द विष पिलाउदै आउछ 

दोस्रोले जनमानसमा खैलावैला मच्चाउछ  

दशै हरेक वर्ष आउछ अनि जान्छ

 फरक मात्र यत्ति  कहिले कोईलीको स्वरमा 

आउछ  

कहिले कागको आवाज बनाएर आउछ  

तर 

यी दुवैको भाकामा फरक केही पाईन्न किनभने 

पुर्वले मिठो निन्द्रा दिदै सुस्तसुस्त सुताउछ 

दोर्सोले कर्कस स्वरमा " खाए खा नखाए घिच

भन्छ  

दशै हरेक वर्ष आउछ अनि जान्छ 

फरक मात्र यत्ति  कहिले बनिया बनेर आउछ  

कहिले सिपाही बनेर आउछ  

तर 

दुवैको ब्यवहार मा फरक केही हुन्न किन भने 

एउटालाई पकडिन जान्नु पर्छ अर्कोलाई पडकाउन जान्नु पर्छ  

दशै हरेक वर्ष आउछ अनि जान्छ 

फरक मात्र यत्ति  कहिले गजेट देखाएर आउछ  

कहिले बजेट परिवर्तन गरेर आउछ  

तर 

यी दुवैको परिभाषामा फरक केहि छै किनभने 

पुर्वले आफैले आफैलाई बाध भन्छ अनि 

दोर्सोले आफ्नै हातले आफैलाई घोक्र्याउछ  

यसरी मेरा प्रत्येक दशै हरु आउछ्न अनि 

जान्छ्न 

कहिले पृथ्विनारायण बनेरकहिले भिमसेन (थापा

भनेर

तरयसपालाको मेरो दशै आएको जङ्गबहादुर बनेर ! !