मौनता मा अल्झेको
—प्रविन मल्ल
मौनता बोल्न खोज्दैछ,
शब्दहरू चुप लागेर बसेका छन्,
मनका पानाहरू पल्टिँदै छन्,
तर लेख्नै नसकिने कथा जस्तै छन्।
हावा चल्छ, मनको छेउमा,
तर आवाज छैन — केवल स्पर्श छ,
दृष्टिमा तिमी छौ,
तर ती नजरहरू थाकेका छन्।
हिजोका कुरा, सम्झनामा फिँरिएका छन्,
तर ओठहरू सिलिएका छन्,
सपना छन् — तर उनीहरू पनि
मौन भएर हेरेका छन्।
कहिले काहीँ मौनता नै
ठूलो चिच्याहट बन्छ,
तर त्यो आवाज सुनिदिने
कसैले नसुनेको जस्तो लाग्छ।
म अल्झिएको छु…
मौनताको त्यो पाताल गहिराइमा,
जहाँ म छु, भावना छन् —
तर आवाज छैन।