![]() |
| प्रविन मल्ल |
दैनिक जीवनको हतारो, सम्बन्धको तानातान, करियरको दबाब, अहंकार र अपेक्षाहरूको भिडभाडमा हामी धेरैजसो एक साँचो कुरा बिर्सिन्छौं — जीवन सस्तो छैन।
जीवन कुनै रिस, डर, या क्षणिक गल्तीमा फाल्न मिल्ने वस्तु होइन। यो कुनै घृणा, दु:ख, या एकपटकको असफलतामा त्याग्न लायक चीज होइन। जीवन नाजुक अवश्य हो, तर साथसाथै यो सुन्दर, अर्थपूर्ण, र जोगाउनु पर्ने अमूल्य उपहार पनि हो।
हामी सबै गल्ती गर्छौं। हामी कहिलेकाहीँ भाँचिन्छौं। कहिलेकाहीँ आफन्तले नै चोट दिन्छन्। तर त्यसको अर्थ यो होइन कि हामी जीवन वा सम्बन्धलाई त्याग्नु पर्छ। एक गल्तीले जिन्दगीको मूल्य घट्दैन।
त्यसले त केवल हाम्रो परिपक्वता र माया कसरी सम्हाल्ने भन्ने तरिका मात्र परीक्षण गर्छ।
हरेक सेकेन्ड एउटा मौका हो —
माफ गर्ने,
सम्झिने,
फेरि सुरु गर्ने,
र अझ राम्रोसँग माया गर्ने।
जब सम्बन्धहरू बिग्रिन थाल्छन्, मानसिक अवस्था कमजोर हुन्छ, र आशा हराउँदै जान्छ — त्यतिबेला धेरैले भाग्न खोज्छन्। तर भागेर समाधान हुँदैन। नतिरस्कार, न मौनता, न दूरीले शान्ति ल्याउँछ।
सामना गर्नुपर्छ। कुरा गर्नुपर्छ। फेरि प्रयास गर्नुपर्छ — न्यानो मन र दृढ इच्छाशक्तिसँग।
हामी सम्झनुपर्छ — जीवन सस्तो छैन, र साँचो माया गर्ने मान्छेहरू त झन् कहिल्यै सस्ता हुँदैनन्।
हामी जहिलेदेखि नै प्रेम, परिवार, र साथ खोजिरहेका हुन्छौं, त्यसलाई नास गर्ने अधिकार एकपल्टको निर्णयले हुन सक्दैन। बच्चाको आँखा हेर्दा, श्रीमतीको अनुहार हेर्दा, आमाबुबाको मुस्कान हेर्दा हामी बुझ्छौं — यो जीवन, यी सम्बन्धहरू, यति सस्तो होइनन्।
एक गल्ती, एक मौनता, एक टाढिएको निर्णयले धेरै हृदय हल्लन सक्छ। त्यसैले…
बचाउनुहोस्, बुझ्नुहोस्, माया गर्नुहोस्।
कसैको मूल्य अन्तिम घडीमा मात्र नबुझौं। अहिले नै बुझौं, अहिले नै साँचो कुरा गरौं।
किनकि —
जीवन सस्तो छैन।
र साँचो माया गर्नेहरू त झन् अमूल्य छन्।
फेरि प्रयास गरौं, फेरि माया गरौं — किनभने केही कुराहरू सधैंका लागि जोगाउनु पर्ने हुन्छ्न ।
-प्रविनकुमार मल्ल
