छोरीलाई – मेरो सास, मेरो संसार



जब तिमी सानो हातले मेरो औंला समात्थ्यौ,

त्यस क्षणमा म बुवा मात्र होइन, नयाँ जीवनको अर्थ बनें।

तिमी रोयौ भने आकाश नै खस्यो जस्तो लाग्छ,

र तिमी हास्दा लाग्छ, सारा सृष्टि मुस्काइरहेछ।


तिमी हुर्किंदै छौ – एक बलियो र सुन्दर सपना जस्तै।

तिमीलाई हरेक चोटबाट जोगाउन मन लाग्छ,

तर बुझ्दछु, जीवन सिकाउन केही चोट पनि चाहिन्छ।

म तिमीलाई उचाइमा देख्न चाहन्छु –

जहाँ तिमी आफैंलाई गर्व गरिरहने छ्यौ।


तिमी मेरो गीत हौ – जसलाई शब्द चाहिँदैन,

तिमी मेरो कविता हौ – जसको हर पंक्ति हृदयबाट लेखिएको छ।

म तिमीलाई संसारका सबै रमाइला रङ देखाउन चाहन्छु,

र जब बादल लाग्छ, तिमी आफैं घाम बन्न जान्नुपर्छ भन्ने सिकाउन चाहन्छु।


छोरी, सधैं सम्झनू –

तिमीलाई माया गर्ने बुवा हरेक दिन तिमीमाथि गर्व गर्छ।

जसरी फूललाई माया गर्छ घाम,

त्यसरी म तिमीलाई माया गर्छु – शुद्ध, अटुट र अमर।


– तिमीलाई माया गर्ने बुवा, प्रविन मल्ल